
संजय श्रेष्ठ
२८, चैत, ऋषिङ्ग ।
ऋषिङ्ग गाउँपालिकाको शिक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठकले गाउँपालिका भित्रका अवकास नभएका तर पेन्सन निस्कन समयावधीले पुगेका शिक्षकहरुको हकमा न्युनतम २ बर्ष बाँकी रहेका शिक्षकहरु अवकास लिन चाहेमा १ लाख रुपैया सम्मान स्वरुप प्रदान गर्ने नीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

बिद्यालयहरुमा लामो समय अध्यापन गरिरहेका शिक्षकहरु नवीन प्रबिधिको प्रयोग र परिमार्जित युग सुहाउँदो शैक्षिक वातावरण कायम गर्नको लागि युवापुस्ताको प्रबेशले शैक्षिक उन्नयनमा सहयोग पुग्ने ध्ययका साथ अवसरका रुपमा प्रयोग गर्ने गरि उक्त निर्णय गरिएको स्रोतले जनाएको छ । गाउँपालिकाभित्रका शिक्षक पदपुर्ति तथा पदस्थापनको सन्दर्भमा सोधिएको प्रश्नमा गाउँपालिकाले संघिय ऐन तथा गाउँपालिकाको शिक्षा नियमावलिको अधिनमा रहेर प्राथमिकताक्रम, बरियताक्रम र आवश्यकताको आधारमा शिक्षकहरु पदस्थापन गरिने शिक्षा शाखा प्रमुख सुवासचन्द्र रानाभाटले बताए । हालै मात्र ऋषिङ्ग गाउँपालिकामा ५१ स्थायी शिक्षकहरुको पदस्थापन गरिँदैछ ।