कांग्रेस व्यास १४ काे चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालयकाे उद्घाटन

दमौली न्युज
  • ख-
  • ख+

२३, चैत, दमौली ।
नेपाली कांग्रेस व्यास १४ काे चुनाव प्रचारप्रसार सम्पर्क कार्यलयकाे उद्घाटन भएको छ । सम्पर्क कार्यलयकाे नेपाली काङ्ग्रेसका उम्मेदवार गाेविन्द भट्टराईले उद्घाटन गरे । सम्पर्क कार्यलयकाे उद्घाटन गर्दै उम्मेदवार भट्टराईले यश क्षेत्र बाट निर्वाचित हुनुभएका रामचन्द्र पाैडेलले अाँफुलाइ तनहुँ १ काे बिकासकाे समेत जिम्मेवारी दिई पार्टीबाट टिकट दिएर पठाएको बताए । राष्ट्रपति पाैडेलले चुनावको बेला गर्नुभएको प्रतिवद्धता अब अाँफुले पुरा गर्ने भट्टराईको भनाइ थियो ।
पाहुना उम्मेदवार यहाँ धेरै अाएकोले सचेत हुन मतदातालाई अाग्रह गर्दै पाहुना १/२ दिन बसेर जाने र घर मुलि चाहिँ सधैं यहीँ बस्ने भट्टराईले बताए । अन्य उम्मेदवार हरू कुन गाउँ हाे र बाटो कता हाे भन्नपर्ने अवस्थाका रहेका तर अाँफु तनहुँका सबै ठाउँमा परिचित रहेको भन्दै काङ्ग्रेसकाे पालामा बनेका बाटोमा हिड्न पाउँदा खुसि लागेको बताए । भट्टराईले पञ्चायत कालमा यहि ठाउँमा लाठी खाएकाे भन्दै लाेकतन्त्र प्रति प्रतिवद्ध रहेको समेत बताए । बिकास चाहिएको हाे भने गाेबिन्द भट्टराईलाई मत दिनुस् भन्दै उनलेे जनताको काममा जुनसुकै बेला पनि साथ दिन तयार रहेको बताए । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पाेख्रेलले काङ्ग्रेस एकढिक्का भएर चुनावमा हाेमिएकाे हुँदा जित सुनिश्चित रहेको बताए । काङ्ग्रेस नेता रेशम गुरूङले यहि माटोमा जन्मे हुर्केका गाेविन्द भट्टराईलाई सबै मिलेर जिताउनुपर्ने बताए ।
नरिमाया रानाको सभापतित्वमा भएको सम्पर्क कार्यलय उद्घाटन कार्यक्रममा व्यास नगर सभापति सुर्यचन्द्र हड्खले , शुरेस भट्टराई , माअाेवादिका नेता हर्कबहादुर थापा , कुमार थापा , नरबहादुर थापा लगायतका बक्ताहरूले काङ्ग्रेस उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी