गोल्लावासी भन्छन् आफ्नैँ गाउँको भाइछाेराेलाई भाेट दिने हाे

दमौली न्युज
  • ख-
  • ख+

२३, चैत, दमौली।
तनहुँकाे व्यास नगरपालिका वडा नं १२ गोल्ला बासिले वैशाख १० गते हुने उपनिर्वाचनमा अाफ्नैं गाउँको भाइछाेराे गाेबिन्द भट्टराईलाई भाेट दिने बताएका छन् । चुनावी प्रचारप्रसारकाे क्रममा गल्ला पुगेका उम्मेदवार भट्टराईलाई स्थानीयले ढुक्क भएर जान अाग्रह गर्दै हाम्रो गाउँको बिकास प्रेमि नेता तपाईं नै भएको र अरू उम्मेदवार लाई नचिन्ने बताए । स्थानीय बिद्या बसाैलाले गाेबिन्द भट्टराई लाई उम्मेदवार पाउँदा सबै गाउँले खुसि भएकाे बताइन् । हाम्रो गाउँमा पानी ल्याउने देखि दुखसुखमा साथ दिने भट्टराईले हाे भन्दै बसाैलाले जितेर गएपछि पनि गाउँलाई नभुल्न अाग्रह गरिन् । कार्यक्रममा अर्कि सहभागी रिता थापाले अामा समुहको भवन देखि बाटो पिच लगायतका बिकास निर्माणका काममा लाग्न नेता भट्टराईलाई अनुरोध गरिन् । सहभागी स्थानीय अामा समूह लगायतको समस्या र अाबस्यकता सुनेपछि उम्मेदवार भट्टराईले सबै काम पूरा गर्ने प्रतिवद्धता जनाए ।

म यहीँकाे तपाईंहरूकै भाइछाेराे हाे , यहाँको सबै समस्या र गर्नुपर्ने काम राम्रोसँग थाहा छ , भट्टराईले भने । यसै क्षेत्र बाट निर्वाचित हुनुभएका रामचन्द्र पाैडेल राष्ट्रपति भएको र उहाँको उत्तराधिकारीकाे रूपमा उम्मेदवार बनी अाँफु अाएकाे भट्टराईले बताए । कार्यक्रममा पुर्व मन्त्री डाेबाटे वि क ले स्थानीय उम्मेदवार भनेको काङ्ग्रेसका गाेबिन्द भट्टराई मात्रै भएको र एमालेका सर्वेन्द्र खनाल भनेको मंसिरको चुनाबमा काठमाडौंमा फेलर भएको मान्छे हाे भन्दै स्वतन्त्र बाट उठेका स्वर्णिम वाग्ले पनि अवसरवादि ब्यक्ति भएको बताए । बि क ले काङ्ग्रेस पुर्व सहमहामन्त्री गाेबिन्द राज जाेशीकाे कारबाही फुकुवा भैसकेको र छिट्टै मुलधारमा अाउने बाताबरण बन्दै गएको समेत बताए । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पाेख्रेल , तरूण दलका अध्यक्ष हिरा थापा ,
,व्यास नगर सभापति सुर्यचन्द्र हड्खले , वडा सभापति चन्द्रबहादुर बि क , रेशम गुरूङ लगायतले काङ्ग्रेस उम्मेदवार गाेविन्द भट्टराईलाई सबै मिलि जिताउनुपर्ने बताएका थिए । उम्मेदवार भट्टराईले
गाेल्ला , टार , बगैंचा , कर्लुङ , छाब्दि लगायतका स्थानका मतदाता सँग भेटघाट गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्