महिला उद्यमी संघकाे स्थापना दिवस तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

18, चैत, दमौली ।
महिला उद्यमी संघ नेपाल तनहुँकाे स्थापना दिवस तथा वित्तीय साक्षरता कार्यक्रम सुक्रबार दमाैलीमा सम्पन्न भएको छ । स्थापना दिवस कार्यक्रममा महिला उद्यमीहरुले मैनबत्ति प्रज्वलन तथा केक काटेर शुभकामना अादान प्रदान गरेका थिए । स्थापना दिवस कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले सबैजना महिलाहरू एकजुट भएमा जस्तोसुकै चुनाैतिकाे पनि सामना गर्न सकिने बताइन् । उनलेे तनहुँकाे महिला उद्धमी संघ छाेटाे समयमै सफलता तर्फ अगाडि बढेको बताइन् । महिलाहरूले
अार्थिक अवस्था लाई बलियो बनाउन कमाएको पैसा सहि ठाउँमा सदुपयोग गर्नुपर्ने र बचतकाे भावनामा बिकास हुनुपर्ने बताइन् । केही पर्दा अाँफैले कमाएको पैसाले अफ्ट्यारो फुकाउन सक्यौं भने त्यो सबैभन्दा महत्त्वपूर्ण काम हुने उनले बताइन् । महिलाको उन्नति प्रगति र संघले गर्ने काममा एक्यवद्धता जनाउँदै उपमेयर दरैले नगरपालिका सधैं तपाईंहरूकाे साथमा रहेको जनाइन् । कार्यक्रममा
महिला उद्धमि संघ तनहुँकि संस्थापक अध्यक्ष निर्मला मल्लले जिल्ला भरि छरिएर रहेका दिदिबहिनी काे सीप क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले अाज भन्दा २ बर्ष अगाडि संघ स्थापना भएको बताइन् । महिला हरू मात्रै अाबद्ध भएर सुरुवात भएको याे संस्थालाई सुरुमा अगाडि बढाउन तनहुँ उद्योग बाणिज्य संघका तत्कालीन अध्यक्ष मानकाजि श्रेष्ठ लगायतले महत्त्वपूर्ण साथ सहयोग गरेको मल्लले बताइन् । तनहुँमा जस्तै महिला उद्धमी संघ देशभरका ५८ देखि ६० जिल्लामा स्थापना भइसकेको भन्दै मल्लले यश अभियान लाई देशभरि लानुपर्ने बताइन् । संघकाे स्थापनाले दिदिबहिनीहरू लाई चिन्ने , ब्यक्तित्व बिकास गर्ने , अात्मवल दराे बनाउने र एकअर्का बिच अात्मियता बिकास गर्ने काम गरेको उनले बताइन् ।
हामी उद्धमीहरूले सीप सिकेर मात्रै हुँदैन त्यसलाई ब्यबहारमा पनि उतार्न पर्छ भन्दै मल्लले एकजनालाई गार्‍हो पर्दा अर्कोले सहयोग गर्नुपर्ने भावनाकाे बिकास हुनुपर्ने बताइन् ।
महिलाको नामबाट फर्म खाेलेर कैयौं लाई महिला हरूले राेजगारि दिँदै अाएकाे मल्लले बताइन् । कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले
महिला उद्धमी हरूले समाज परिवर्तनको लागि गरेकाे कामको प्रशंसा गरे । एक अर्को प्रशंगमा अध्यक्ष श्रेष्ठले महिला दिदिबहिनीहरूले उद्योग बाणिज्य संघको भवनमा अाफ्नाे एउटा अफिस काेठा राख्न माग गरेको सन्दर्भलाई जाेड्दै बाणिज्य संघको भवन सबैको साझा भवन भएको र अावस्यक पर्दा प्रयाेग गर्न सकिने बताए । कार्यक्रममा
सकुन्तला अाले , अन्जना तिमिल्सिना , पवित्रा खनाल ,
सानिमा बैंकका ब्रान्च मेनेजर शुरेस पराजुली
सरू श्रेष्ठ , सरला पिया लगायतले पुरूष प्रधान हैन अब महिला प्रधान देश बनाएर महिलाहरू लाई अगाडि बढाउनुपर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्