कांग्रेसका दुबै उपसभापति एकै पटक सरकारमा जानु हुदैन- अधिकारी

दमौली न्युज
  • ख-
  • ख+

दमाैली ,१२ चैत ।

नेपाली काङ्ग्रेस तनहुँका जिल्ला सदस्य एवं युवा तरूण शाखा प्रमुख डम्बर अधिकारीले नेपाली काङ्ग्रेसका दुबै उपसभापति अहिले सरकारमा जान नहुने बताएका छन् । उपसभापति पूर्णबहादुर खड्का अहिले सरकारकाे नेतृत्व गर्न जाने हाे भने अर्का उपसभापति धनराज गुरूङ पार्टी सञ्चालनकाे भूमिकामा बस्नु पर्ने प्रमुख अधिकारीकाे भनाई छ । दुबै उपसभापति एकैपटक सरकारमा सहभागी हुँदा पार्टी संगठनमा क्षति पुग्ने प्रमुख अधिकारीकाे जिकिर छ ।यस विययमा पार्टी सभापति , पदाधिकारी र केन्द्रीय कार्य समितिले विशेष चासो दिनु पर्ने समेत प्रमुख अधिकारीले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी