कांग्रेस कार्यकर्ता भन्छन् – तनहुँ १ मा टिकट पाउने भट्टराईले हाे ।

दमौली न्युज
  • ख-
  • ख+

विकास खनाल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै रिक्त भएको तनहुँ १ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । चुनावकाे मिति घाेसणा सँगै काङ्ग्रेस भित्र केन्द्रीय सदस्य गाेबिन्द भट्टराई एकमात्र निर्विकल्प सिनियर उम्मेदवारकाे रूपमा अधिकांश कार्यकर्ताले हेरेका छन् । काङ्ग्रेस कार्यकर्ताहरू अन्य धेरै नेताको हल्ला आएपनि भट्टराईकाे टिकट पक्का भैसकेको दावी गर्छन् । यद्यपि अन्य काङ्ग्रेस नेताहरू रामचन्द्र पाेख्रेल , रघुनाथ पाैडेल , लक्ष्मी अाचार्य , दिपक भट्टराई लगायतका नेताहरू पनि टिकट हात पार्न यतिबेला पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौं पुगेका छन् । धेरै नेताहरूले लविङ थालेपनि सभापति देउवाले भट्टराईलाई टिकट दिने पक्का भैसकेको काङ्ग्रेस युवा नेता बिवेक भट्टराई दाबी गर्छन् । यहाँ टिकटको बिषयमा धेरै जनाको प्रचार गरिएको छ , त्यो केवल केही समयकाे प्रचारकै लागि मात्रै हाे बिवेक भट्टराई भन्छन् । तनहुँ काङ्ग्रेसका धेरै नेताहरू भएको ठाउँ हाे , सबैको अाअाफ्नै राजनीतिक स्वार्थ जाेडिएकाे हाेला भन्दै भट्टराईले पार्टी भित्र चुनाव लड्न इच्छा नभएका नेतालाई समेत अाफ्नाे स्वार्थ पूरा गर्न केही नेताले लविङकाे लागि काठमाडौं लगेकाे पाएको बताएका छन् । सार्वजनिक स्थल र चाेकचेाकमा जेजस्तो हल्ला चलाएपनि काङ्ग्रेस तनहुँका अधिकांश इमानदार कार्यकर्ताहरूले यसपटक केन्द्रीय सदस्य गाेबिन्द भट्टराईको बिकल्प नभएको बताउने गरेको भट्टराईले दाबी गर्छन् । चर्चा जसको पनि गर्न पाइयो तर यसपटक इमानदार नेता गाेबिन्द भट्टराईलाई न्याय मिल्नुपर्छ र टिकट दिएर जिताउनुपर्छ अर्का युवा नेता सुरेश भट्टराई भन्छन् । अहिले जिल्लाको सबै सिनियर नेताहरू विभिन्न सुविधाका पदमा पुगिसकेको अवस्थामा गाेबिन्द भट्टराई मात्रै बाँकी हुनुहुन्छ त्यसैले म जस्ता युवाहरूको स्पस्ट माग छ यसपटक गाेबिन्द भट्टराईको बिकल्प छैन । काङ्ग्रेसका केही नेताहरूले गाेबिन्द भट्टराईलाई क्षेत्र नं १ मा टिकट दिएर जिताइयाे भने अागामि समय सधैं भट्टराईले नैँ पकड जमाउछन् र हामीले खेल्ने ठाउँ पाउँदैनाैँ त्यसैले भट्टराईकाे बिकल्प खाेज्नुपर्छ भन्ने नकारात्मक लविङ गरेको पनि सुनिन्छ , यदि त्यस्तो कसैले साेच्छ भने हामी जस्ता ईमानदार कार्यकर्ता चुप लागेर बस्दैनाैँ र त्यस्ता नेतालाई नाङ्गेझार पार्छाैं भट्टराईले चेतावनी सैलिमा भनेका छन् । भट्टराईले जस्तै अर्का काङ्ग्रेस कार्यकर्ता प्रेम रूचालले पनि भट्टराई नै याेग्य र अब्बल उम्मेदवार भएको बताए । हामी त अातुर छाैं नेता भट्टराईलाई तनहुँ १ बाट सांसदमा जिताउन रूचालले भने । कार्यकर्ता मात्रै हाैइन तनहुँ १ का अाम जनताको चाहना पनि भट्टराई नैं भएको रूचालले बताए । बिकास निर्माणका काममा भट्टराईले पदमा नहुँदा पनि जनताको साथमै रहेर काम गरेको पाएकोले भट्टराईले टिकट पाउनुपर्ने रूचालकाे भनाइ छ । गत मंसिरको चुनावमा गठवन्धनकाे तर्फबाट काङ्ग्रेस उम्मेदवारले जितेपनि अहिले परिस्थिति फरक भएको हुँदा निर्बाध रूपमा भट्टराईलाई टिकट दिई काङ्ग्रेस एकढिक्का भएर चुनावि मैदानमा जानुपर्ने अाम कार्यकर्ताकाे बुझाइ छ । हामी एकढिक्का भएर चुनावी मैदानमा जान सक्यौं भने सजिलोसँग जित्छाैँ , तर यदि बिवाद गर्याैं र घात प्रतिघातमा लाग्यौं भने समस्या हुन्छ काङ्ग्रेस कार्यकर्ता बावुराम पाैडेल भन्छन् । कार्यकर्ता तथा जनतामा बिवाद छैन , रूखमा भाेट इमानदारीपूर्वक हाल्छाैं तर नेताहरू मिलेर गाेबिन्द भट्टराईलाई टिकट दिनुपर्याे पाैडेल थप्छन् ।
त्यसाेत पार्टीले टिकट दिनेमा स्वयं भट्टराई पनि बिस्वस्त छन् ।
साथीभाई, मतदाता, सबैले भेटहुँदा आफुलाई उम्मेदवार बन्न भनेको भट्टराईले बताएका छन् । केही दिन अगाडि तनहुँकाे अाँबुखैरेनिमा अायाेजित एक कार्यक्रममा भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले समेत आफ्नो उत्तराधिकारी तपाईं नैं हाे भनेको हुनाले पनि उम्मेदवार बन्ने पालो आएको बताएका थिए । ‘‘तीन कार्यकाल केन्द्रीय सदस्य, २०५३ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, त्यसपछि तरुणदलको महासचिव भएँ भट्टराईले भने । दुई भातृ सस्थाको मूख्य स्थानमा बसिसकेको हुनाले तनहुँ–१ मात्रै हैन देशकै राजनीतिमा पहुँच स्थापित गर्नको लागि म उम्मेदवार बन्छु ।’’
गठबन्धनको भागवण्डामा तनहुँ १ कांग्रेसको भागमा परेकाले अरु पार्टीले दाबी गर्न नमिल्ने भट्टराईको भनाई थियो । अन्य जिल्लाको उम्मेदवारलाई पार्टीले नपठाउने उल्लेख गर्दै नेता भट्टराई कसैलाई रोक्न, छेक्नको लागि षडयन्त्रको खेल खेलिएको हुन सक्ने तर तनहुँ जिल्ला नेता आयात गर्ने नभई निर्यात गर्ने जिल्ला भएको बताएका थिए । बजारमा उम्मेदवारको नाम सुन्दा राजनीतिक हिसाबले आफू भन्दा जुनियर रहेकोले आफ्नो उम्मेदवार लगभग निश्चित भएको उनको भनाइ थियो । जनतालाई विकास गर्ने नेता चाहिएकाे हुँदा नेता भट्टराईले कुनै पदको रुपमा नरहँदा पनि खानेपानी, विद्यालय भवन, मोटरबाटो विद्युतिकरण, पुल, टेलिफोन क्षेत्रमा ठुलो योगदान दिएको र पहल गरेकोले आममतदाताले आफूलाई चाहेको भट्टराईकाे भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी