शिव सरस्वती माविको अन्तरकृया कार्यक्रम सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

ऋषिङ्ग -८ हवेली डाँडामा अवस्थित शिव सरस्वती माध्यमिक विद्यालयको बार्षिक क्रियाकलाप तथा क्यालेण्डर प्रकाशन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी लगाएत शिक्षकहरू बीच भएको अन्तरकृया कार्यक्रममा विद्यालयले प्रकाशन गर्न लागेको बार्षिक क्यालेण्डरमा विद्यालयले आगामी शैक्षिक सत्रमा गर्ने अतिरिक्त क्रियाकलाप, शैक्षिक कार्यक्रमहरु बारे आपसी छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति ऋषिङ्ग गाउँपालिका शिक्षा शाखा प्रमुख सुभाषचन्द्र रानाभाटले शिक्षकहरु पेशाप्रति इमान्दारीपुर्वक अध्ययनशील भएर लाग्न जरुरी रहेको बताए । ऋषिङ्ग गाउँपालिका भित्रका केही शैक्षिक संस्थाहरूमा वि.व्य.स. समिति, शिक्षक अभिभावक समितिका पदाधिकारीहरुबाट शिक्षक प्रति हुनुपर्ने सम्मान नभएको र कार्यसम्पादन प्रति नकारात्मक टिप्पणी मात्र हुने गरेको बताए । रानाभाटले प्रत्येक शैक्षिक संस्थाले अब्बल र कमजोर सबै विद्यार्थीहरुलाई समावेशी रूपमा सहभागी गराई प्रतिभा प्रस्फुटन गराउन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै वि.व्य.स. समितिका अध्यक्ष दान बहादुर श्रेष्ठले शिक्षा क्षेत्रमा कहिले पनि सन्तुष्ट हुन नपाइने क्षेत्र भएकाले कलिला बालबालिकलाई सिकाईका लागि विद्यार्थी, वि.व्य.स. समिति र शिक्षकहरू बीच त्रिकोणात्मक सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताए । सबैबाट आएको सुझावलाई समितिले समेटेर आगामी बैठकले सम्बोधन गर्दै विद्यालयको उन्नयनका लागि पर्ने बताए । सदस्यहरू यमुना श्रेष्ठ, मथुराकृष्ण श्रेष्ठ, नर बहादुर आले, शिक्षक अभिभावक संघका सदस्य सन्त बहादुर थापा लगाएत विद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद बराल तथा शिक्षकहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी