

दमौली
जिल्ला प्रहरी कार्यलय तनहुँमा रहेका थुनुवाहरूको प्रयोजनका लागि परिसर भित्र स्थापना गर्न लागिएको पुस्तकालयलाई “कन्काई ग्लोवल एकेडेमी” ले पुस्तक सहयोग गरेको छ । बिद्यालयकाे तर्फबाट ११ हजार १ सय १७ रूपयाँ बराबरको पुस्तकहरू सहयोग गरेको र उक्त पुस्तक जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख एसपी अबदेश बिस्ट लाई हस्तान्तरण गरिएको बिद्यालयका डाइरेक्टर मिलन गाेदारले बताए ।
सामाजिक उत्तरदायित्व काे भावना अन्तर्गत उक्त पुस्तकहरू सहयोग गरेका हाैँ गाेदारले भने । उक्त पुस्तकहरू पढि थुनुवाहरूले राम्रो ज्ञान हासिल गर्नुका साथै नयाँ र सुन्दर जीवनको सुरूवात गर्नु हुनेछ भन्ने बिद्यालयले बिस्वास लिएको गाेदारले बताए । पुस्तक सहयोग गरेकोमा जिल्ला प्रहरी कार्यलय तनहुँले बिद्यालय परिवारलाई धन्यवाद दिएको छ ।
