बन्दीपुरमा माओवादीका नेता माधुसहित ६० चुनावको मुखैमा कांग्रेस प्रवेश

  • ख-
  • ख+

बन्दीपुरः स्थानीय तह निर्वाचनको मुखैमा आएर माओवादी केन्द्रका बन्दीपुरका एक प्रभावशाली नेता कार्यकर्ताको दलबलसहित कांग्रेस प्रवेश गरेका छन् ।

महाधिवेशन प्रतिनिधि रेशम गुरुंगका अनुसार शिक्षक संगठनका उपाध्यक्षसमेत रहेका र माओवादी संगठनमा पकड बनाएका माधु आफ्ना झण्डै ६० सहयोगीसहित कांग्रेस प्रवेश गरेका हुन् ।

पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले उनलाई कांग्रेस प्रवेश गराउँदै यसले आसन्न निर्वाचनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । कांग्रेस सबैको भावना समेट्ने र विकास दिने पार्टी हो, उनले भने, अब कांग्रेसको नेतृत्वमा बन्दीपुरमा विकास अघि बढ्छ ।

कांग्रेसले उम्मेदवार बनाएका ध्रुवलाल प्रधान आक्रामक चुनावी मैदानमा रहेकै बेला माओवादी संगठनमा विभाजन ल्याउनुले प्रधान आाशावादी देखिएका छन् । उता, माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार पूर्णसिं थापासमेत आक्रामक चुनावी मैदानमा रहेका बेला आएको पार्टीको विभाजनले पार्ने प्रभावबारे बन्दीपुरमा बहस चल्न थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी