स्थानीय तह निर्वाचन बन्दीपुर ः एकिकृत संगठनको बलमा साख फर्काउन आशावादी ध्रुवलाल

  • ख-
  • ख+

दमौलीः विगतको द्वन्द्वका कारण विभाजित संगठन एकसाथ अघि बढेका कारण तनहुँको बन्दीपुर गाउँपलिकाको अध्यक्षका दावेदार ध्रुवलाल प्रधान आशावादी बनेर चुनावी अभियान लिएर अघि बढेका छन् ।

विगतको तुलनामा एकिकृत संगठन देखिएका कारण यसपाली बन्दीपुरमा गुमेको साख फर्काउने प्रयासमा छन् । लामो समय कांग्रेसको संगठनका अलावा विभिन्न सामाजिक संगठन सम्हालेका पुराना नेता प्रधानको पहिल्यैदेखी बन्दीपुरमा पकड रहेको ठानिन्छ ।

लामो समय सामाजिक काम गर्दा बनाएको प्रभाव र सम्बन्धकै बलमा यसपाली चुनाव जित्नेमा आशावादी रहेको प्रधानले बताए ।

‘मैले लामो समय आफैं खटिएर बनाएको संगठन अनि दु:खसुखमा दिएको साथ नै मैले जित्ने आधार हो,’ प्रधान भन्छन्, ‘विगतमा आएका जनप्रतिनिधिका समयमा आएका अनियमितता अनि जनताको आकांक्षा पुरा गर्न नसकेकाले पुरा गर्न जनताले साथ दिने आशामा छु ।’

प्रधानले बन्दीपुरमा अनियमितता हटाउने, असमान विकास बढाउने र देशैभर सुन्दर सांस्कृतिक सहरको रुपमा अझ सम्पदाको विकास गर्ने योजना रहेको बताए । ‘हाम्रो नेतृत्वमा सरकार आए पछि कसैले पनि पछि परेको महसुस गर्नुपर्ने छैन, ‘ प्रधानले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी