
बन्दीपुर: बन्दीपुर गाउँपालिकाकाे अध्यक्षका लागि काँग्रेस नेता मानकाजी श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघकाे अध्यक्ष समेत भइसकेका श्रेष्ठ २०७४ सालकाे निर्वाचनमा र अहिले अध्यक्षकाे आकांक्षी थिए ।
‘पहिला पनि पार्टीले अन्याय गरेको थियो , सहेर बसेँ अहिले फेरि त्यस्तै दाेहाेरियाे । ‘
‘पार्टीलाई आवश्यक पर्दा आर्थिक देखि भाैतिक सबै सहयाेग गरियाे, हरेक दु:ख गरियाे तर चुनावमा उचित मुल्यांकन हुन सकेन त्यसैले जनताको माग अनुसार स्वतन्त्र बाट उमेदवारि दर्ता गरेँ,’ श्रेष्ठ भन्छन् । श्रेष्ठले आफुलाई सहयाेग गर्न सबै सँग अनुराेध गरेका छन् ।