क्षेत्रीय होटल संघ बन्दीपुरमा प्रधान

  • ख-
  • ख+

बन्दीपुरः क्षेत्रीय होटल संघ तनहुँ बन्दीपुर बजार एकाईको सभापतिमा संगिता प्रधान सर्वसम्मत चयन भएकी छन् ।

संघको मंगलबार सम्पन्न १२औ साधारण सभा तथा छैटौं अधिबेशनले प्रधानको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपसभापतिमा फुलमति थापा, कोषाध्यक्षमा सुजन श्रेष्ठ चयन भए ।

यसैगरी, सदस्यहरूमा कुमार श्रेष्ठ , दिनेश महत , नानू श्रेष्ठ र सन्तोष प्रधान चयन भएका छन् ।
यसअघि भएको उद्घाटन कार्यक्रममा क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले व्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।

एकाई सभापति बिपिन प्रधानको सभापतित्वमा भएको कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सँघ बन्दीपुर सभापति घनश्याम उपाध्याय , पुष्कर प्रधान लगायतका वक्ताहरूले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी