डुम्रे बजार इकाई सभापतिमा सन्तोष

  • ख-
  • ख+

डुम्रेः क्षेत्रीय होटल संघ तनहुँ डुम्रे बजार इकाइको सभापतिमा सन्तोषबहादुर थापा सर्वसम्मत चयन भएका छन् । इकाईको शनिबार सम्पन्न आठौं अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ, द्वितिय उपाध्यक्षमा विष्णु थकाली, सचिवमा महेन्द्र शाही, सहसचिव सुजना श्रेष्ठ, कोषाध्यक्षमा ईश्वर लामिछाने रहेका छन् ।


यस्तै अन्य सदस्यहरूमा हरिराम थापा, पदम थापा, सुनिल अधिकारी र अरूण श्रेष्ठ रहेका छन् । यसअघिको उद्घाटन कार्यक्रममा क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले व्यवसायीहरू एक जुट हुनुपर्ने बताए । व्यवसायीलाई समस्या पर्दा सहयोग गर्ने र आवश्यक परामर्शका लागि नैं होटल संघ खुलेको भन्दै जोशीले नियमसंगत तरिकाले व्यवसाय सञ्चालन गर्न कसैसँग डराउन नपर्ने बताए ।

कार्यक्रममा बन्दीपुर गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले मनाङ देखि बन्दीपुर सम्मको पर्यटकीय क्षेत्रमा जाने मुख्य प्रवेशद्वार डुम्रे भएको भन्दै बजारमा स्तरीय होटल खुल्नुपर्ने बताए । संवेदनशील र महत्त्वपूर्ण क्षेत्र भन्दै वडाध्यक्ष पोख्रेलले पर्यटन क्षेत्रमा भएको लगानी अहिले धरासायी भएको बताए ।

होटल क्षेत्रमा लगानी गरेर नयाँपनमा जान र सेवाग्राहीलाई कसरी मन जित्ने भन्नेतिर लाग्न पोख्रेलले सुझाव दिए । होटल व्यवसायीलाई सुरक्षा चुनौतीसमेत रहेको भन्दै उनले सबै व्यवसायी एकजुट र संगठित हुनुपर्ने सुझाव दिए ।

डुम्रे बजार इकाईका सभापति रामचन्द्र खड्काको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय होटल संघका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विकास खनाल, महासचिव चन्द्रकुमार कायस्थ, जीवन शाही, दमौली इकाईका सभापति शंकर अधिकारी, महेन्द्र शाही , ईश्वर लामिछाने, सन्तोष थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्