बन्दीपुर धरमपानीमा जीप दुर्घटना: ज्यान गुमाउनेमा ९ महिनाकी बालिका सहित ६, सबै स्थानीय

  • ख-
  • ख+

बन्दीपुर: बन्दीपुरको धरमपानीमा जीप पल्टँदा ज्यान गुमाउनेमा नौ महिनाकी बालिका समेत परेकी छन् । सराङघाट बाट धरमपानी जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप बन्दीपुर ६ हटियामा पल्टँदा ज्यान गुमाउने सबै स्थानीय भएको प्रहरीले जनाएको छ ।


ज्यान गुमाउनेमा ९ महीने बालिका आरुबि थापा, २४ वर्षका रोशन गुरुङ, ५३ हरिबहादुर न्यौपाने र ४८ सुशिलादेवी न्यौपाने छन् ।

सोही ठाउँकी ५० कि बिमाया गुरूङको पनि बाटमै ज्यान गएको छ। चालक थप ऐ बस्ने बर्ष ४८ को आन्नद गुरुङको पनि उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा आठ घाइते छन्।


अध्यक्ष पूर्णसिं थापाका अनुसार हटिया भन्ने स्थान बाट करिब दुई सय मिटर तल खसेको थियो । सबैको घटनास्थलमा ज्यान गएको थियो ।


राती साढे ८ बजेको घटनामा घाइते ८ को भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा १२ जना सवार रहेको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्