अपडेट: बन्दीपुर जीप दुर्घटनामा ज्यान गुमाएका ४ को शव घटनास्थलमा

  • ख-
  • ख+

बन्दीपुर: केशवटारबाट बन्दीपुरको धरमपानी बाक्से जाँदै गरेको जीप दुर्घटनामा पर्दा ज्यान गुमाएका चार जनाको शव घटनास्थलबाट झिकिएको छ ।


बन्दीपुर ६ हटियामा भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा पांच वर्षको छोरासहित आमा, एक बालिका र एक पुरुष रहेको वडाध्यक्ष सन्तबहादुर गुरुङले घटनास्थलबाट दमौली न्यूजलाई जानकारी दिए । उनीहरूको नाम भने खुलाइएको छैन।


जीप सडक बाट करिब दुई सय मिटर तल खसेको कारण शव क्षत विक्षत भएको उनले बताए ।१२ जना सवार जीप दुर्घटनामा थप एक घाइतेको ज्यान गएको उनले दावी गरे पनि पुष्टि भएको छैन ।


गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका उद्धार र घाइतेको उपचारमा सक्रिय रहेको बताए । घाइतेको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी