‘तीनै तहको चुनावमा कांग्रेसले बहुमत ल्याउनुपर्छ’

  • ख-
  • ख+

दमौलीः पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनु पर्ने बताएका छन् ।

त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावको आजै देखि जुट्नुपर्ने उनको भनाई छ । बुधबार बन्दीपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासंगको भेटका क्रममा केन्द्रीय सदस्य.भण्डारीले यसका लागि नेता र कार्यकर्ता दुवै लाग्नुपर्नेमा जोड दिए ।

वडा नं १ वडा सभापति देवेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी ,जिल्ला सदस्यद्धय शिव खत्री ,इनकन खनाल र गिरिराज अधिकारीले बोलेका थिए । सोही अवसरमा १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

नवप्रवेशीहरुलाई के.स.भण्डारीले सदस्यता प्रदान गरेका थिए ।

चण्डिका लाल अमर आधारभूत विद्यालयको ५३ औं वार्षिकोत्सव सम्पन्न

भानु नगरपालिका वडा नं ७ वसन्तपुर चन्दनी स्थित चण्डिका लाल अमर आधारभूत विद्यालयको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

बुधबार सम्पन्न विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी