माओवादी केन्द्र बन्दीपुरको जिम्मा जीवनलाई

  • ख-
  • ख+

बन्दीपुरः नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बन्दीपुरको प्रथम अधिवेशनले जीवन कायस्थको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको छ ।


अधिवेशनले ५५ सदस्यीय कार्य समिति सबै सर्वसम्मत चयन गरेको बताइएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा करुणा गुरुङ, ध्रुव लामिछाने र लोकबहादुर बानियाँ चयन भएका छन् ।
यसैगरी, सचिवमा सुदिप पोख्रेल, सहसचिवमा सुरेश लामिछाने तथा कोषाध्यक्षमा अरविन्द्र भट्टराई चयन भए ।


प्रदेश प्रतिनिधिमा विद्या लामिछाने, सिद्धान्त मगर, जीवन कायस्थ, पूर्णसिंह थापा, राजन भट्टराई, भानुभक्त पोख्रेल, करुणा गुरुङ, सुदिन पौडेल, दमयन्ति थापा तथा सीता विक
चयन भएको पार्टी नेता मदन आलेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्