थर्पु ब्याडमिन्टन कपमा सुमन र रामको जोडी विजेता

  • ख-
  • ख+

थर्पुः थर्पु युवा क्लबको आयोजनामा भएको ब्याडमिन्टन कपमा सुमन श्रेष्ठको जोडी विजेता भएको छ । शनिबार भएको अन्तिम फाइनलमा बि तहमा सुमन श्रेष्ठ र राम मल्ल ठकुरीको जोडी विजेता भएको हो । सोही तहमा बिपिन घले र सागत थापा तथा तेश्रोमा धनबहादुर गुरूङ र स्पन्दन श्रेष्ठ तथा सन्दिप श्रेष्ठ र राजु गुरूङ भएका छन् ।


विजेताले २५ हजार नगद पुरस्करा पाएका छन् । उप विजेता जोडीले १५ हजार तथा तेश्रो जोडीले ५ हजार तथा प्रमाणपत्र , ट्रफि र मेडल प्राप्त गरेका छन् ।


यसैगरी सि तहमा कुशल थापा र कामन थापा विजेता, रेख श्रेष्ठ र बिष्णु राना उप विजेता तथा तेश्रोमा विष्णु नेपाली र स्पन्दन श्रेष्ठ तथा सबोध आले र प्रेम थापाको जोडी भएको खेल संयोजक एवं वडा सदस्य दीपक श्रेष्ठले बताए । थर्पु ब्याडमिन्टन हलमा भएको ब्याडमिन्टन प्रतियोगितामा बि लेभलमा २० टिम र सि लेभलमा ३५ टिमको सहभागीता थियो ।


२०५९ सालमा स्थापित क्लबले मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले बिबिध साँस्कृतिक रचनात्मक , सामाजिक र युवा वर्गलक्षित कार्यक्रम गर्दै आएको छ । यहि क्रममा ब्याडमिन्टन खेल बिकासको लागि कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष विष्णु नेपालीले बताए ।


विजेतालाई पुरस्कार वितरण एवम् समापन कार्यक्रममा म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापा, आदर्श नमुना क्लबका अध्यक्ष गौरवराज राना , शिवालय टोल विकास संस्थाका अध्यक्ष हेतमान कायस्थ, तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाई सभापति भीमलाल श्रेष्ठ, प्रहरी निरिक्षक कुमार गुरूङलगायत सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी