निवृत्त शिक्षक समाज म्याग्देको अध्यक्षमा : काफ्ले

  • ख-
  • ख+

म्याग्दे: निवृत्त शिक्षक समाज म्याग्देको अध्यक्षमा सुर्य मोहन काफ्ले चयन भएका छन् ।

निबृत्त शिक्षकहरुको संगठन भु.पु.शिक्षक समाज तनहुँको आयोजनमा समाज का अध्यक्ष रमेश हड्खलेको प्रमुख आतिथ्यतामा भएको भेलाले सुर्य मोहन काफ्लेको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा बबिलाल श्रेष्ठ,सचिवमा द्वारिका नाथ घिमिरे,कोशाध्यक्षमा बलराम भट्टराई र सदस्यहरूमा अच्युत राज काफ्ले,बालचन्द्र भट्टराई र हरिबहादुर रानाभाट रहेका छन् । समितिमा ४ जना पछि थपिने गरि हाललाई ७ सदस्यीय कार्यसमिति गठन गरिएको सल्लाहकार ईन्द्र बहादुर अधिकारीले बताए ।

कार्यक्रममा सचिब काशिनाथ गौली बरिष्ठ सल्लाहकार ईन्द्र बहादुर अधिकारी अन्य शिक्षक नेताहरु शम्भु बहादुर अधिकारी,हरी बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष काफ्ले लामो समय राधा माविमा शिक्षकको रूपमा रहीशेवा निवृत्त भएका असल शिक्षकमा पर्ने नेता हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी