दमौलीन्यूजकर्मी खनाल सम्मानित

  • ख-
  • ख+

गुणादी: म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा रहेको मिलिजुली दिदिबहिनी समुहको चाैंथाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाकाे एक कार्यक्रमकाबीच प्रमुख अतिथि दमौली न्युज डट कमका समाचार संयोजक विकास खनालले सुभारम्भ गरे ।

साधारणसभाकाे उद्घाटन गर्दै खनालले महिलाहरू एकजुट भएर समाज परिवर्तनको काममा लाग्नुपर्ने बताए । समुहमा लागेका महिलाहरू सीपमुलक तथा अायअार्जन मुलक काममा लाग्नुपर्ने र त्यसले अात्मनिर्भर बनाउने खनालको भनाइ थियो ।

समाजमा रहेका विकृति विसंगति हटाउन , जनचेतनामूलक कामहरू गर्न महिलाहरू लाग्नुपर्ने भन्दै खनालले व्यक्तित्व विकासका लागि तालिमहरू सञ्चालन गरि सबै महिला लाई सक्षम बनाउन लाग्न सुझाव दिए ।

कार्यक्रममा दिदीबहिनी समुहकी अध्यक्ष संगिता खनालले सबै दिदिबहिनी एकजुट हुनसके परिवर्तन सम्भव भएको बताइन् । अन्य समयमा घरको काममा भुल्नु परेपनि समुहले गरेका समाजिक काममा सकृय भइ लागेर सफल बनाउन सके मात्रै समूह गठनको अाैचित्य प्रमाणित हुने खनालले बताइन् ।

‘हामी अापसि तिक्तता छाेडाैँ , वैमनस्यता त्यागाैँ , सबै महिला दिदिबहिनी एक मन एक तन भअाैं , अनि मात्रै हामी बलियो हुन्छौं , समूह बलियो हुन्छ,’ खनालले भनिन् ।

कार्यक्रममा समुहकी काेशाध्यक्ष उर्मिला खनालले समुहले सामाजिक उत्तरदायित्वकाे भावना अनुसार राजमार्ग सरसफाइ लगायतका कार्यक्रम हरू गर्दै अाएकाे जानकारी दिइन् । साेहि अवसरमा पत्रकारिताकाे क्षेत्रबाट समुहको गतिविधि र समुहले गरेका कामको बारेमा सुसूचित गराउन सहयोग गरेको भन्दै प्रमुख अतिथि समेत रहेका पत्रकार बिकास खनाललाई सम्मान गरिएको थियो ।

खनाललाई अविर , खादा , डायरी तथा कलमले जेष्ठ सदस्य इन्दिरा खनालको हातबाट सम्मान गरिएको समुहकि काेशाध्यक्ष उर्मिला खनालले बताइन् । पत्रकार खनाललाई सम्मान गर्दै जेष्ठ सदस्य ईन्दिरा खनालले लेखनकाे क्षेत्र सँगसँगै समुहलाइ स्थापनाकाल देखि अगाडि बढाउन उचित मार्गनिर्देशन दिएको बताइन् । सम्मानित खनालले अाँफुलाइ दिदिबहिनी समुहले सम्मान गरेकोमा धन्यवाद ब्यक्त गर्दै यसले थप जिम्मेवारी महशुस गराएको बताए ।

साधारणसभामा समुहकी संस्थापक अध्यक्ष बिष्णु अधिकारी खनाल , पुर्व अध्यक्ष बिष्णुमाया खनाल सहित तारादेवि खनाल , लक्ष्मी खनाल , हिमा खनाल , देवी पाैडेल खनाल , सुस्मिता खनाल , सम्झना खनाल , सरिता खनाल लगायतको उपस्थिति रहेको थियो ।
साेहि कार्यक्रममा सरस्वती खनालले समुहलाइ १ हजार अार्थिक सहयोग गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी