म्याग्दे स्तरीय प्रथम म्याग्दे नृत्य प्रतियोगिता सुरु

  • ख-
  • ख+

म्याग्दे : रानाभाट, भाट समाज म्याग्देको आयोजनामा २ दिने म्याग्दे स्तरीय प्रथम म्याग्दे नृत्य प्रतियोगिता सुक्रवारबाट गुणादीमा सुरु भएको छ ।

रानाभाट र भाट समाज नेपालको १८ औंवार्षिकोत्सब को अवसरमा आयोजित म्याग्दे स्तरीय नृत्य प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष रानाले साँस्कृतिक कार्यक्रम मौलिकता झल्कने खालको हुनुपर्ने बताइन् ।

यस किसिमको कार्यक्रमले सानासाना भाइबहिनीहरू भित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन हुने र ब्यक्तित्व बिकासमा समेत मद्दत पुग्ने रानाको भनाइ थियो । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, म्याग्दे २ का अध्यक्ष चन्द्रबहादुर रानाभाट, सदस्य तारा रानाभाट,शिवबहादुर रानाभाट,ईश्वर बहादुर रानाभाट लगायतले कार्यक्रम सफलताको सुभकामना दिएका थिए ।

प्रतियोगितामा म्याग्दे गाउँपालिका भित्रका विद्यालय र अन्य गरि करिब ५० टिमको सहभागीता रहने रानाभाट समाज म्याग्देका अध्यक्ष कृष्णबहादुर रानाभाटले बताए । कलाकार बिन खाति र आरसि विक जर्जको रूपमा रहेको प्रतियोगिताका बिजेता मध्ये प्रथम,द्धितिय र तृतीय हुनेलाइ क्रमश १० हजार १ सय,८ हजार १ सय ११ र ६ हजार १ सय ११ रहेको अध्यक्ष रानाभाटले बताए ।

शुक्रवारबाट सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न हुने आयोजकले जनाएको छ । कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको चन्द्रा रानाभाटले स्वागत र बिनोद रानाभाटले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्