म्याग्देको विभिन्न ठाउँमा साँस्कृतिक कार्यक्रम हुने

  • ख-
  • ख+

म्याग्दे : नजिकिदै गरेको शुभ दिपावली को अवसर पारि म्याग्दे मा आयोजना हुन लागेको विविध साँस्कृतिक कार्यक्रममा बिन खाति लगायतका चर्चित कलाकारको टोलिले स्टेज तताउने भएका छन् ।

शिव शक्ति युथ क्लव म्याग्दे २ पिपडिहीले आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रमलाई भब्य रुपमा सफल पार्न राष्ट्रिय ख्याति प्राप्त कलाकारहरू ल्याउन लागिएको क्लवका अध्यक्ष रमेश क्षेत्रीले बताए । क्लबको १४ औं वार्षिकोत्सबको अवसर पारेर दिपावली लाई मध्यनजर गरि १७ गते बिहान १० बजे पिपलडिहिमा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो अध्यक्ष क्षेत्रीले भने ।

कार्यक्रममा बिन खाति सहित कृष्ण सुवेदी, सरस्वती लामिछाने, साजना बास्तोला, मिठ्ठु झा लगायतका कलाकार आउने क्लबले जनाएको छ । बिगतका बर्षहरूमा विभिन्न सामाजिक , साँस्कृतिक कामहरू गर्दै आएको क्लवले त्यसैलाई निरन्तरता दिन र धर्म , सँस्कृति , परम्परालाई जोगाउन कार्यक्रम आयोजना गरिएको हो । चाडपर्वको धार्मिक रूपमा मात्रै होइन सामाजिक, साँस्कृतिक र मनोबैज्ञानिक रूपमा समेत ठुलो महत्व हुने हुँदा पनि कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।


यसैबीच यहि १८ गते नवपसले युवा क्लवले पनि पसलेमा विविध साँस्कृतिक कार्यक्रम गर्न लागेको छ । चाडपर्वले सबैलाई राष्ट्रिय एकता , शान्ति र सद्भाव कायम राख्न मद्दत पुग्ने हुँदा त्यसैलाई मध्यनजर गरि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष आशिष श्रेष्ठले बताए । सामुहिक भावनाको बिकास गर्न र गित संगितको माध्यमबाट मनोरञ्जन समेत प्रदान गर्न दिपावलिको अवसर पारेर कार्यक्रम आयोजना गरेका हौँ श्रेष्ठले भने ।

चाडपर्वमा एकअर्कामा गरिने शुभकामना आदानप्रदान ले ब्यक्तिमा जोश , जाँगर र हौसला बढाउने भन्दै श्रेष्ठले आत्मियता , माया , प्रेम , सद्भाव ,भाइचारा , मेलमिलाप र निकटता बढाउन पनि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी