आफ्नै खर्चमा बाटो मर्मत गरे युवाले

  • ख-
  • ख+

विकास खनाल म्याग्दे : अहिले पृथ्वीराजमार्गको बाटो भत्किएर हिँडिनसक्नु छ । राजमार्ग भएर हिँड्ने यात्रुहरू लाई ठुला ठुला खाल्डाखुल्डीले यति सास्ति छ । कतिवेला दुर्घटनामा पर्ने हो ठेगान छैन । राजमार्गको कैयौं ठाउँमा परेका ठुलाठुला खाल्डाले दुर्घटना बढेर मानिसहरू घाइते हुने क्रम बढेपनि सडक बिभाग लगायतका निकाय कानमा तेल हालेर बसेका छन् ।

स्थानीय ब्यक्तिहरू धेरै पटक बाटो चाडैं मर्मत गर्नपर्यो भनेर भन्दाभन्दै आजित भैसकेका छन् । यस्तोमा राज्यका सबै निकाय सुतिरहेको बेलामा म्याग्देका १ का युवा ले आफ्नै खर्चमा बाटो मर्मत र खाल्डाखुल्डी पुर्न लागि परेका छन् । खाल्डाखुल्डी पुर्न ट्याक्टरमा ७ र ८ टिप ग्र्याभेल ल्याएर हालेको म्याग्दे २ का रमेश क्षेत्रीले बताए । ढिस्का परेको ठाउँमा डोजर समेत लगाएको भन्दै क्षेत्रीले आफ्नै अगाडि बाटोको दुर्दशा देख्दा मन नमानेको बताए ।

उनले ब्यक्तिगत खर्चमा जामुने र यश आसपास बाटो मर्मत गरेका हुन् । मोटरसाइकलमा हिँड्नेलाई झनै आपत रहेको देखेको र धुलो तथा हिलोले अत्याएको हुँदा आफ्नो कामले केही भए पनि कम हुन्छकि भनेर र सम्बन्धित निकायको ध्यानाकर्षणको लागि समेत बाटो बनाएको रमेशको भनाइ छ । रमेश नेपाली काङ्ग्रेस म्याग्दे २ का सभापति समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी