दोस्रो म्याग्दे ब्याडमिन्टन कपमा अमृत र तुलारामको समुह प्रथम

  • ख-
  • ख+

विकास खनाल जामुने : न्यु भिजन युथ क्लव म्याग्दे २ को आयोजनामा भएको दोस्रो म्याग्दे ब्याडमिन्टन कपमा बि लेवल तर्फ अमृत राना र तुलाराम थापाको समुह प्रथम भएको छ ।

यस्तै मनबहादुर थापा र विष्णु अधिकारीको समूह द्धितिय भएको क्लवका अध्यक्ष सन्दिप रानाभाटले बताए । प्रथम र द्धितिय हुने समुहलाइ क्रमश २० हजार र १० हजार नगद तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। यस्तै सि लेभल तर्फ मेखबहादुर राना र लालबहादुर थापाको समूह प्रथम भएको छ भने अनमोल श्रेष्ठ र बिज्ञान श्रेष्ठको समूह द्धितिय भएको सचिव राजिव श्रेष्ठले बताए ।

सि लेवलको प्रथम र द्धितिय हुने टिमलाई क्रमश १६ हजार र ८ हजार नगद तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको सचिव श्रेष्ठले बताए । यस्तै प्रतियोगितामा राइजिङ प्लेयरको उपाधि आयुस श्रेष्ठले जितेका छन् । प्रतियोगितामा बिजेता समुहलाइ तनहुँ क्षेत्र नँ २ प्रतिनिधि सभा सदस्य केदार सिग्देलले पुरस्कार बितरण गरेका थिए ।

कार्यक्रममा म्याग्दे २ का अध्यक्ष चन्द्रबहादुर रानाभाट,म्याग्दे ६ का अध्यक्ष बसन थापा,छविलाल श्रेष्ठ,हरिकृष्ण श्रेष्ठ,नव पसले युवा क्लवका अध्यक्ष आशिष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा बि लेबल र सि लेबलका ४० टिमको सहभागीता रहेको सञ्चालक राजन श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी