फेरि बढ्यो चितुवा आतंक, बन्दीपुरमा बालिकाको ज्यान गयो

  • ख-
  • ख+

दमौलीः चाडबाडका बेला चितुवा आतंकका कारण ज्यान जाने घटना तनहुँमा फेरि पुनरावृत्ति भएको छ ।

सोमबार बन्दीपुरको बाहुनभञ्ज्याङमा चितुवाले आक्रमण गर्दा नौ वर्षिया बालिकाको ज्यान गएको गाउँपालिका अध्यक्ष पूर्णसं थापाले जानकारी दिए ।

बन्दीपुर ५ मा पर्ने सो ठाउँमा ज्यान जाने ती बालिकाको नाम स्मृति थापा भएको बताइएको छ ।

विगतका बेला पनि दशैं र तिहार जस्ता चाडबाडमा चितुवाले बालबालिकामाथि आक्रमण गर्ने गरेको थियो ।

चाडबाडका समयमा घरमा बालबालिकालाई एक्लै नछाड्न तथा झाडी फाँड्न र घर अँध्यारो नराख्न वन डिभिजन प्रमुख कोमलराज बरालले आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी