‘एक नेताको मात्र ईशारामा चल्ने नेतृत्वले हुँदैन’ (भिडियोसहित)

  • ख-
  • ख+

दमौली
कोरोनाकै संकटका बेला पनि नेपाली कांग्रेसका नेताहरुबीच एउटा दौडधुप कायमै छ । केन्द्रमा नेतृत्व चयनको कसरतले राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाइरहँदा केन्द्रीय नेताहरुको गृहजिल्ला तनहुँमा पनि नेतृत्व चयनको बहस चलिरहेको छ । नेताहरु आगामी जिल्ला नेतृत्व चयनको कसरतमा छन् ।


यस्तोमा को व्यक्ति नेतृत्वमा आउला वा कुन गुटले आफ्नो पल्ला भारी पार्ला भन्ने चर्चा पनि चियापसलमा चलिरहेको छ । नेताहरुबीचको हिसाबकिताब र दौडधुप चलिरहँदा नेतृत्वमै रहेका एक नेताले भने एक नेताको मात्र ईशारामा चल्ने नेतृत्व आएमा पार्टीमा एकता कायम गर्न जटिल हुने तर्क गरेका छन् ।


कांग्रेस कोषाध्यक्ष रेशम गुरुङले तनहुँ टेलिभिजनको ‘संवाद’ कार्यक्रममा दिएको अन्र्तवार्तामा भनेका छन्,‘गुट, भाषा, धर्म र जाति सबैलाई मिलाउन सक्ने नेतृत्व चाहिएको छ ।’
२०४६ सालयता केन्द्रमा रहेका नेताहरुको अन्र्तद्वन्द्वले पार्टी कमजोर अवस्थामा पुगेको भन्दै उनले अब हुने चुनावहरुमा जिताउन सक्ने साझा व्यक्ति चुनेर नेतृत्व दिइनुपर्ने तर्क गरे ।
‘अब हामीले यसपाली सबैको भावना प्रतिनिधित्व हुने नेता छान्नुपर्छ,’ उनले भने,‘त्यसो हुन सकेन भने तनहुँमा पार्टीलाई जोगाउन सकिन्न ।’

अहिले जिल्लाको नेतृत्वमा पकड जमाउन पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर र पार्टी सभापति शेरबहादुर देउवा पक्षधरबीच मुल द्वन्द्व छ । यस्तोमा पार्टीका पूर्व सह महामन्त्री गोविन्दराज जोशी पक्षको भूमिका कस्तो रहन्छ भन्ने अन्यौल पनि कायमै छ । उनीमाथि गरिएको कारबाही फिर्ताको दबाब दिएका कार्यकर्ताले कुन रुपमा आगामी अधिवेशनमा भूमिका खेल्छन्, त्यो पनि हेर्नलायक पक्ष छ ।
तर अब आउने नेतृत्व एक पक्षको मात्र भएमा त्यसले इतिहासमै कमजोर बनाएको जिल्लाको नेतृत्वलाई बलियो पार्न नसक्ने तर्क गुरुङको छ ।

कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङ


काम ग¥यौं तर हल्ला गर्न जानेनौं
पछिल्लो समय तनहुँमा कसले धेरै विकास गरेको भनेर बहस चलिरहेको छ । निर्वाचित नेकपाका जनप्रतिनिधिले ठूला योजना पारेको दाबी गरिरहँदा कांग्रेस नेताहरु २०४६ सालयता तनहुँमा पार्टीको नेतृत्वमा धेरै विकास भएको दाबी गर्छन् ।

नेता गुरुङ भन्छन्, ‘हरेक गाउँमा बाटो, बिजुली, स्वास्थ्य सबै काम कांग्रेसकै पालामा भएको हो । तर हामीले काम गरेर पनि हल्ला गर्न जानेनौं । उहाँ(नेकपा)हरुले हल्ला गरेर हामी पछि प¥यौं ।’


नेतृत्वले अहम् त्याग्नुपर्छ
नेता गुरुङले टिकट वितरण तथा अरु निर्णयमा केन्द्रमा रहने नेताहरुले अहम्ता त्याग्नुपर्ने बताए । ‘२०४८ सालपछि नेताहरुमा अहम्ता देखिएको छ,’ उनले भने,‘कार्यकर्ताको भावना एकातिर र नेताको अर्कोतिर भएको छ । पार्टीलाई बलियो पार्ने हो भने कार्यकर्ताको कुरा सुन्नुपर्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्