कोरोना संक्रमणबाट गण्डकी प्रदेशका चार जनाको मृत्यु

  • ख-
  • ख+


दमौली: कोरोना संक्रमणका कारण बिहिबार गण्डकी प्रदेशका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्लाका ३ जना पुरुष तथा म्याग्दी जिल्लाकी १ महिला रहेका छन् । कास्की जिल्ला पोखरा महानगरपालिका ३ का ७८ वर्षीय पुरुष, पोखरा महानगरपालिका २९ का ४१ वर्षीय पुरुष, महानगरपालिका १७ का ७३ वर्षीय पुरुष तथा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिकाकी ७२ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी गण्डकी प्रदेश भर कोरोनाको संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या २४१ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी