तनहुँमा निषेधाज्ञामा के के चल्छन्, के चल्दैनन् ?

  • ख-
  • ख+

दमौलीः बुधबार मध्यरातबाट लागू हुने गरी तनहुँमा निषेधाज्ञा कार्यान्वयनमा आउँदैछ । प्रशासनले सार्वजनिक सूचना जारी गरेर निषेधाज्ञाका क्रममा चल्न पाउने र नपाउने क्षेत्र खुलाएको छ । तर पनि अझै केही विषयमा अनिश्चय भएको भन्दै गुनासो आइरहेको छ ।

प्रशासनले बैंक तथा वित्तिय संस्थालाई सकेसम्म कम कर्मचारी राखेर सञ्चालन गर्न भनेको छ ।
विहान पाँच देखि नौ र साँझ पाँच देखि सात बजेसम्म दुध, तरकारी, फलफूल खरिद गर्न सकिने बताएको प्रशासनले किराना पसलबारे प्रष्ट खुलाएको छैन ।
दमौली न्युजले प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग यस विषयमा कुराकानी गरेको छ ।

बैंकका काउण्टर खुल्दैनन्

उनका अनुसार बैंक तथा वित्तिय संस्थाका शाखाका आन्तरिक काम मात्र चल्ने र काउण्टर भने खुुल्ने छैनन् । ‘एटिएममा पैसा राख्नेलगायत अत्यावश्यक कामका लागि मात्र शाखा चल्न दिने भनिएको हो,’ उनले भने,‘काउण्टर खोल्न होइन ।’


यसैगरी, यसै अवधिमा किराना पसल पनि खुल्नेछन् । अत्यावश्यक सेवा पनि सञ्चालन हुनेछन् । सुरक्षाकर्मीबाट कृषि उपज आवतजावतमा अवरोध हुने छैन ।
यसैगरी प्रशासनले दिएको ११ देखि ४ बजेको समयमा निर्माण सामग्री लगायत भण्डारणका लागि तोकिएको समयमा पनि सुरक्षाकर्मीबाट अवरोध हुनेछैन ।


प्रशासनले बिहिबार विहानबाट सुरक्षाकर्मी खटाउने तथा अनुगमन लगायतका कामका लागि आवश्यक प्रवन्ध गरिसकेको प्रजिअ आचार्यले बताए ।

निषेधाज्ञा अवधिभर पास पाएका अति आवश्यक परेका साधन चल्नेछन् । सार्वजनिक साधनका हकमा अति आवश्यक भनि पास पाएका बाहेकले चल्न नपाउने प्रजिअ आचार्यले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी