शुक्लागण्डकीमा एकै दिन ३४ संक्रमित, संक्रमण बढ्नुका यी हुन् ३ कारण ?

  • ख-
  • ख+

दुलेगौंडाः तनहुँमा बुधबार पछिल्लो समयको सर्वाधिक कोरोना संक्रमित भेटिएका छन् । यस दिन शुक्लागण्डकी नगरपालिकामा सर्वाधिक ३४ जना संक्रमित भेटिएका छन् ।

यस अवधिमा भिमाद नगरपालिकामा १० जना संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा शुक्लागण्डकी नगरपालिकामा संक्रमितको संख्या अत्यधिक देखिएको छ ।

१)एकै घरका संक्रमित बढी
बुधबार सार्वजनिक परीक्षण नतिजाका आधारमा संक्रमित पाइएकामा एकै घरका छ सदस्य छन् । यस अघि संक्रमित भेटिएका परिवारका सदस्यमा कन्ट्याक्ट ट्रेस गर्दा थप अरु सदस्यमा संक्रमण पाइएको हो ।


नगरपालिकाका अनुसार संक्रमितमा छ जना त नगरपालिका कर्मचारी छन् । यस अघि नेपालगञ्जबाट फर्किएका कर्मचारीमा संक्रमण भेटिएपछि गरिएको कन्ट्याक्ट ट्रेसका आधारमा थप कर्मचारीमा संक्रमण भेटिएको हो ।


२) बढ्दो परीक्षण
नगरपालिकाले आफ्नै पहलमा निःशुल्क नमूनाको पीसीआर संकलन र परीक्षणको व्यवस्था गरिरहेको छ । नियमित परीक्षण बढिरहेका कारण पनि नगर क्षेत्रमा संक्रमित बढिरहेको भेटिएको छ ।

३) पोखराको निकटता
पछिल्लो समय पोखरामा कोरोना संक्रमितको संख्या अत्यधिक देखिइरहेको छ । पोखरासँगको निकटता र आवतजावत बढ्ने भएका कारण पनि त्यसको प्रभाव शुक्लागण्डकी नगरपालिकामा बढी देखिएको ठानिएको छ ।

‘परीक्षण प¥याप्त नभएर हो,’ एक अधिकारी भन्छन्,‘परीक्षण बढाउने हो भने यो दर निकै बढी हुन सक्छ ।’ उनले निषेधाज्ञा प्रभावकारी नबनाए नगर क्षेत्रमा संक्रमण दर उच्च हुने चेतावनी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी