मोहनकुमारको नेतृत्वमा नगर खेलकुद समिति

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले नगर खेलकुद विकास समिति गठन गरेको छ । व्यास नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधिका आधारमा भन्दै नगर कार्यपालिकाको बुधबारको बैठकले गठन गरेको समितिमा व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलाई अध्यक्ष तोकिएको छ ।


समितिका सदस्यहरुमा व्यास ९ का वडाध्यक्ष सुरेश थापा, कार्यपालिका सदस्य सुनसरी गुरुङ, नगर सभा सदस्य बसुन्धरा घर्ती, प्रदिप आचार्य, अशोक गिरी तथा अमर थापा छन् ।
यसैगरी, कृष्ण पुन, सानुमाया श्रेष्ठ, इन्द्र गुरुङ, कृष्णबहादुर दरै तथा नम्रता गुरुङ समितिका सदस्य छन् ।


बैठकले व्यास नगर प्रज्ञा प्रतिष्ठान सञ्चालन कार्यविधि समेत पारित गरेका कारण चाँडै नै नगर प्रज्ञा प्रतिष्ठान समेत गठन गर्ने सम्भावना छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी