तनहुँ निषेधाज्ञाः दुध, तरकारी किन्न विहान र साँझको समय

  • ख-
  • ख+

दमौलीःबुधबार राती १२ बजेबाट निषेधाज्ञा जारी भए पनि अत्यावश्यक वस्तुको खरिदका लागि भने समय छुट्याइएको छ ।


तनहुँ प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशमा तरकारी, फलफूल तथा दुध खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म समय तय गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले हार्डवयर लगायत निर्माण सामग्री तथा अन्य अत्यावश्यक सामग्री भण्डारण तथा ढुवानीका लागि प्रशासनले दिउँसो ११ देखि ४ बजेसम्मको समय तोकेको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी