काठमाडौं: काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडा बनाइएको छ । मंगलबार उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बंठकले कोरोना संक्रमण झन बढेको भन्दै निषेधाज्ञा थप कडा बनाउने निर्णय गरेको हो ।

बैठकले पसल खोल्ने समय छोट्याएको छ । उपत्यकाका बिहान ७ देखि ९ बजेसम्म मात्र खुल्नेछन्। यस्तै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ । अब उपत्यकाको निषेधाज्ञा वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी रहनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 107 Viewed

प्रतिक्रिया दिनुहोस्