उत्कृष्ट कृषकलाई बोयर बोका अनुदानमा दिईयो

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाको वडा नं १३ ले अनुदानमा उन्नत नश्लका बोयर बोका वितरण गरेको छ । वडाका व्यवसायिक किसानहरू मध्यका उत्कृष्ट ७ किसानहरूलाई १००% अनुदानमा वितरण गरिएको हो । वडा अध्यक्ष लेखबहादुर रानाले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए । उन्नत ७५% को व्याड बोका विशेष गरी प्रजननका लागि उपयुक्त रहेको र गुणस्तरीय उत्पादनका हिसावले किसानलाई छिटो र राम्रो भएकाले सो कार्यक्रम आयोजना गरिएको रानाले बताए । कृषि र पशुपालनमा टेवा पुर्याउने हेतुले यस आर्थिक वर्ष सो कार्यक्रममा समावेश गरिएको व्यास नगरपालिकाका पशु सेवा प्राविधिक निरज राना मगरले जानकारी दिए । उनका अनुसार वडाले करिब ३ लाख रकम बराबरको अनुदान कृषकलाई वितरण गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी