‘पौडेल स्वस्थ हुनुहुन्छ’

  • ख-
  • ख+

दमौली: पछिल्लो समय कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएको भन्दै सामाजिक सञ्जालमा उनको स्वास्थ्य लाभको कामना भइरहेको छ ।

कोभिड संक्रमण देखिरहेको बेला यसैसँग समेत जोडेर उनको स्वास्थ्यबारे चिन्ता व्यक्त भइरहेको थियो । तर पौडेलको निजी सचिवालयले भने उनी निको भइसकेको जनाएको छ ।

‘ उहाँमा हिजो ग्यास्ट्रिकको समस्या देखिएको थियो,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने,’ अहिले निको भइसक्यो । उहाँ आज पार्टी बैठकमा सहभागी हुनुहुन्छ ।’ उनले हिजै सामाजिक सञ्जालमा समेत यसबारे स्ट्याटस लेखेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी