दमौली बजार एकाईको सचिवमा न्यौपाने

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको सचिवमा माधव न्यौपाने चयन भएका छन् । नव निर्वाचित सभापति भूपाल आलेको सभापतित्वमा बसेको कार्य समितिको पहिलो बैठकले जेसीआई व्यास नगरका पूर्व अध्यक्ष न्यौपानेलाई सचिवमा मनोनयन गरेको हो ।

यस अघि नव निर्वाचित पदाधिकारीहरुलाई सभापति आलेले सपथ खुवाएका थिए । कार्यक्रमका प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले नयाँ नेतृत्वले बजारको व्यवसायिक विकासमा काम गर्ने अपेक्षा गर्दै सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा एकाईका निवर्तमान सभापति राकू श्रेष्ठले एकाईको कदममा साथ रहने प्रतिवद्धता जनाए ।सभापतिका प्रत्वासी दधिराज घिमिरेले नेतृत्वलाई बधाई ज्ञापन गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्