नयाँ व्यवस्थापनका साथ टास्क भिलेज सञ्चालनमा

  • ख-
  • ख+

दमौली: दमाैलीबाट डेढ किलोमिटर पूर्व गलबुबेसीस्थित सुगम पेट्रोल पम्प नजिकै रहेको टास्क भिलेज अब रेष्टुरेन्ट एण्ड लजमा परिणत भएकाे छ ।

नयाँ व्यवस्थापनका साथ दमाैलीका दुई युवाहरू पत्रकार विकास खनाल र दिपेन्द्र सापकोटाकाे संयुक्त लगानीमा साेमबार देखि टास्क भिलेज सञ्चालनमा ल्याइएको हाे । टास्क भिलेजकाे अग्रज ९९ वर्षिय कविराज कृष्णराज पण्डितले पानसमा बत्ती बालेर सुभारम्भ गरे ।

कम्पाउन्ड सहितको व्यवस्थित र सुरक्षित पार्किङ रहेको उक्त हाेटल प्राकृतिक दृष्टिकोणले पनि उपयुक्त छ । बजारको धुलो , धुवाँ र काेलाहल मुक्त वातावरणमा हरियाली पार्क सहितको हाेटल हेर्दै अाकर्सक देखिन्छ ।

पृथ्वी राजमार्गको छेउमै रहेको उक्त हाेटलमा २ वटा एसि रूम , १० वटा एटेच रूम र २ वटा नन एटेच रूम रहेका छन् । यस सँगै २ सय जना क्षमताको कार्यक्रम हल , सुविधा सम्पन्न शाैचालय हरू , अपांग मैत्री भवन र सय जति विभिन्न जातका फलफूलका बाेटहरू यस भित्र रहेको सञ्चालक दिपेन्द्र सापकोटाले बताए ।

‘ हामीले पुरानो संरचनालाई पुनर्निर्माण गरेर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएका छाैँ । र, यसले पक्कै पनि ग्राहकको मन जित्नेछ,’ सापकोटाले भने । यहाँ अाएपछि गर्मी महशुस हुँदैन , सापकोटाले थपे । ‘बिवाह , ब्रतबन्ध , सेमिनार , बर्थडे पार्टीकाे लागि उपयुक्त हाेस् भनेर हामीले यसलाई सञ्चालनमा ल्याएका हाैँ ‘, अर्का सञ्चालक विकास खनालले बताए । हाेटलमा मम , चाउमिन , हाँसकाे सेकुवा , लाेकल कुखुराकाे मासु , खसीकाे मासु , भुटन लगायतको परिकार , पाइने खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्