तनहुँमा लकडाउन आवश्यक हो ? युवा के भन्छन् ?

  • ख-
  • ख+

दमौलीः लामो समय ठप्प जस्तो देखिएको कोभिड संक्रमणको स्तर देशैभर उच्च बिन्दुमा पुग्न थालेको छ । तनहुँमा पनि आईतबार एकै साथ १४ जनामा संक्रमण देखियो । यही स्तरमा संक्रमण बढ्दै जाने हो भने छिमेकको कास्की र चितवनमा संक्रमण बढिरहेका बेला तनहुँमा पनि यो ग्राफ उकालो लाग्ने अवस्था छ ।


यस्तोमा सरकारले तय गरेको मापदण्डका आधारमा कास्की र चितवनमा निषेधाज्ञा लगाइरहँदा तनहुँमा पनि यसको आवश्यकता रहेको कतिपयले ठानेका छन् । जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले सरकारले आन्तरिक उडान रोक्दै अन्तर्राष्ट्रिय उडानमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेकाले केही समय लक डाउन लगाउनुपर्ने धारणा राखेका छन् ।


उनले सामाजिक सञ्जालमा यसबारे गरेको टिप्पणीमा प्रतिक्रिया दिने धेरै युवाले व्यास नगरपालिका र आसपासमा लकडाउनको आवश्यकता महसुस गरेका छन् ।
सफल पण्डितले त्यसमा सहि थाप्दै जेठ १ गतेसम्म लकडाउन हुनुपर्ने धारणा राखेका छन् ।
रामकृष्ण क्षेत्रीले सोधेका छन्,‘व्यासमा हामी अलि बढि नै ढुक्क किन होला ?’


यसैगरी, मिलन गोदारको प्रतिक्रिया छ,‘सही विषलेशण । तर व्या.न.पाले कहिल्यै पनि समयमा वुद्धि पु¥याएन,हमेसा लास्ट आवर डिसिजन । अझ केही बिग्रेको छैन,समयमै जानकारी गराएर लकडाउनको तयारी गरे राम्रो हुन्थ्यो भन्ने लाग्छ ।’


तर लकडाउनको विरोधमा पनि स्वर आएको छ । हरि सुवेदी भन्छन्,‘सुक्ष्म अध्ययन, विश्लेषण नगरी लककडाउन गराएर काम गर्न सक्ने खास गरि श्रमिकलाई काम वा राहत नदिइ भोकै मर्ने र लिष्टको आधारमा राहत बाँड्ने वातावरण नबनोस्, नबनाइयोस् , समयमै सोचौँ !’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्