युवा समितिका नयाँ अध्यक्षको पदस्थापन

  • ख-
  • ख+

दमौलीः राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको अध्यक्षमा नियुक्त रिता ढकालको पदस्थापन गरिएको छ ।

समितिद्वारा जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले नवनियुक्त अध्यक्ष ढकाललाई पदस्थापन गराए ।
कार्यक्रममा शुभकामना वाग्लेले युवाका क्षेत्रमा राम्रोसँग प्रभावकारी कार्य गर्न आग्रह गरे ।


नवनियुक्त अध्यक्ष ढकालले तनहुँमा युवाका क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाइन् । निवर्तमान अध्यक्ष युवराज आलेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, एमाले नेता राजेश्वर ढकाल,
जिल्ला खेलकुद विकास समिति तनहूँका सचिव तुलसीराम पाण्डेलगायतले नवनियुक्त अध्यक्ष ढकाललाई शुभकामना दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी