बिहे भोज खाएपछि २५ बढी बिरामी

  • ख-
  • ख+

दमौली: बिहे भोज खाए व्यास १४ छाब्दीमा २५ भन्दा बढी बिरामी परेका छन् ।

स्थानीय एक घरमा बिहे भोज खाएर फर्केका मध्ये धेरैमा पखाला आए पछि उपचार थालिएको जानकारी पाएको वडा अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । ‘

भोजबाट फर्केका धेरै बिरामी भएको सुनियो,’ वडाध्यक्ष श्रेष्ठले दमौली न्यूजसँग भने, ‘ त्यहीँ उपचार भइरहेको छ । ‘ उनले अहिलेसम्म गम्भीर बिरामी भएको खबर आई नसकेको बताए । केही स्थानीयले भने वर्षाका कारण पानीको मूल प्रदुषित भएकाले बिरामी परेको दाबी गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्