दमौलीः आतबार तनहुँमा १० जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमितमा व्यास नगरपालिकाका २ पुरुष तथा २ महिला, शुक्लागण्डकी नगरपालिकाका १ महिला र भिमाद नगरपालिकाका १ महिला गरी गरी ६ जना छन् । निर्देशनालयले आइतबार जारी गरेको तेस्रो, चौथो विज्ञप्तिमा गरी कुल दश जनमा संक्रमण पुष्टि भएको छ । यसअघि जारी गरेको विज्ञप्तिमा तनहुँका ४ जनामा र पाँचौं विज्ञप्तिमार्फत थप ६ जना संक्रमित थपिएका हुन् सबैमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।
अन्तिम पटक अध्यावधिक गरिएको 802 Viewed

प्रतिक्रिया दिनुहोस्