व्यासका सबै परीक्षा स्थगित, ट्युसन पनि पूर्णरुपमा बन्द गर्न निर्देशन

  • ख-
  • ख+

दमौलीः कोभिड संक्रमणको जोखिम बढेको भन्दै व्यास नगरपालिकाले विद्यालयहरुमा हुने परीक्षा स्थगित गरेको छ ।

शिक्षा समितिको बैठकको निर्णयको हवाला दिंदै नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीद्वारा जारी विज्ञप्तिमा जिल्ला संकट व्यवस्थापन समितिको अनुरोध तथा छिमेकी तहहरुको निर्णयका आधारमा समितिले यही वैशाख २१ गतेबाट तय गरिएको आसन्न परीक्षा स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ ।


छिमेकी भारतमा कोभिड १९ को दोश्रो लहरका कारण असामान्य स्थिती पैदा भएको र व्यास नगरपालिकामा समेत पठनपाठन बन्द भएको अवस्थामा यस्तो निर्णय गरिएको विज्ञप्तिमा छ ।
विज्ञप्तिमा ट्युसन कक्षा तथा भौतिक पठनपाठन पूर्ण रुपमा बन्द गर्न भनिएको छ ।

व्यास नगरपालिकाद्वारा शिक्षा समितिको बैठकपछि जारी प्रेस विज्ञप्ति

नगर प्रमुख एवं समितिका अध्यक्ष बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले परीक्षा कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा जेठको पहिलो साता निर्णय लिने पनि
निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी