धुवांमय ऋषिङ्गलाई वन डिभिजनले जोगाउला ?

  • ख-
  • ख+

दान बहादुर श्रेष्ठ

ऋषिङ्ग: ऋषिङ्ग धुवांमय छ अर्थात ऋषिङ्गले अहिले धुँवाको सास फेरिरहेको छ । दोश्रो चरणको डढेलो जाँदै र लगाउँदै गर्दा अघिल्लो पटकको डढेलोबाट पाठ सिक्नपर्ने थियो तर सिकेन , अघिल्लो डढेलोबाट यस्तै सास्ती ब्यहोरेको ऋषिङ्गले पछिल्लोपटक हजारौं हेक्टर बन बिनाससँगै थप सास्ती ब्यहोरिरहेको छ ।

डढेलो प्राय आफै जाँदैन । उष्ण मौसम भएका ठाउँहरुमा पत्थरको घर्षणबाट लाग्ने आगलागी बाहेक ग्रामिण क्षेत्रका जंगलमा लाग्ने डढेको मानबिय लापरवाही वा जानाजान निम्त्याउने एक किसिमको बिपत्तिका द्योतक हो । ऋषिङ्ग गाउँपालिकाको जंगलहरुमा लागेका डढेलोको बारेमा प्रसस्त जानकारी तथा सचेतना नहुनु यसका कारक हुन ।

डढेलोले गर्दा वाताबरणमा पर्ने प्रभाव र यसका असर , ईकोसिष्टममा ल्याउने प्रतिकुल प्रभाव र मानवसँग जिवजनावरको बासस्थानमा हुने प्रभाव तथा मानविय आवश्यकतासँगै मानवस्वास्थ्यलाई अत्यावश्यक पर्ने बनस्पती समेत नष्ट हुने बिषयमा नागरिकलाई सुसुचित नगराउनु यसका मुख्य कारक मान्न सकिन्छ भने चेतना कमिले डढेलो लगाउँदा नयाँ घाँस पलाउने नाममा नागरिकलाई मानविय सुरक्षाको दृष्टिले ती सामान्य बिषय हुन भन्ने बुझाउन नसक्नु अर्को कारण ।

यसको बारेमा गाउँपालिकाले त्यसको बिषयमा सम्बन्धित निकायलाई सत्यतथ्य बुझेर कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिईसकिएको र गाउँपालिका सहयोगको लागि तयार रहेको जनाएको छ । यसबारे बुझ्न ऋषिङ्ग सब डिभिजन बन कार्यालयमा बुझ्दा “स्थानिय बिना केही गर्न नसक्ने” उम्किने प्रयास गरेका छ । धुवामय ऋषिङ्गमा फैलिएको डढेलोले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बताउँदै कारवाही प्रकृया किन जान सकेन भन्ने प्रश्नमा प्रमुख तारा बहादुर गुरुङ्गले बन उपभोक्ता समितिले चासो नदेखाएको जनाउँदै आफुले केही गर्न नसक्ने लाचार जवाफ दिएर उम्किएका छन ।

वन डिभिजन कार्यालय तनहुँका एक सहायक वन अधिकृतले भने,‘त्यत्रा मान्छेबाट आगो लगाउनेलाई कसरी चिन्ने?’ भन्ने गैर जिम्मेवार जवाफ दिएर टार्ने प्रयत्न गरे । उनले डढेलोमा स्थानिय नै जिम्मेवार रहेको भन्दै आफ्नो कर्तब्यको थोरै अनुभूति समेत नगरेको पायौं भने पदको मर्यादा समेत ख्याल नराखी गैरजिम्मेवार जवाफले आम जनता भने उदेक मानिरहेका छन ।

यसको बारेमा गाउँपालिकामा सम्पर्क गर्दा बनको बारेमा सिधा कारवाही गर्ने अधिकार स्थानिय तहलाई नभएको भन्दै त्यसको बारेमा पटकपटक भन्दा समेत कारवाही नभएको जनाएको छ ।

नागरिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याईरहेको डढेलोले कोरोना कहरमा स्वासप्रश्वासमा थप जटिलता ल्याउने तर्फ सचेत हुन आवश्यक भैसकेको छ भने यस समस्याको निदान कसले गर्ने भन्ने बिषयमा ऋषिङ्गबासी भने बिलखबन्दमा परेका छन ।तस्बिर : २०७८/०१/१३ गते राती ऋषिङ्गको वडा नं ६ तथा ४ को जंगलमा देखिएको डढेलो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी