‘बिरामी’ हुँदा हुँदै ‘हराएका’ खिमविक्रम र पोखरामा तातेको संसदीय राजनीति

  • ख-
  • ख+

पवन पौडेल
बुधबार सम्भवत दिउँसो ४ बजे पछि गण्डकी प्रदेश सभामा सरकारविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै थियो । प्रस्तावमा छलफल लगत्तै मतदान गर्ने सूची तयार हुनु अघि विपक्षी गठबन्धन देखिएको अंकगणितिय खेलका आधारमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्नेमा ढुक्क थियो ।


तर यसबीचमा अप्रत्यासित रुपमा जनमोर्चा सांसद खिमविक्रम शाही आईसीयुमै भर्ना हुने गरी ‘बिरामी’ परे पछि त्यसले प्रदेशको सरकार ढाल्ने विपक्षी योजनामा नै आघात पु्¥याएको छ । त्यति मात्र होइन, एउटै व्यक्तिका फरक फरक कोभिड रिपोर्ट आउन सक्ने तथ्य पनि उजागर गरिदिएको छ ।


पवन पौडेल


बाहिर प्रष्टसँग कसको दोष छ, भनेर प्रमाणसहित भन्न केही समय लागे पनि यसमा ‘फोहोरी’ संसदीय खेलको गन्ध भएको भने प्रष्ट छ । काठमाडौंको संसदीय खेललाई फोहोरी भन्ने गरे पनि पोखरामा हुने प्रदेश संसदको बैठकलाई नागरिकले उति सारो महत्व दिएका थिएनन् ।

अप्रत्यासित रुपमा जनमोर्चा सांसद खिमविक्रम शाही आईसीयुमै भर्ना हुने गरी ‘बिरामी’ परे पछि त्यसले प्रदेशको सरकार ढाल्ने विपक्षी योजनामा नै आघात पु्¥याएको छ । त्यति मात्र होइन, एउटै व्यक्तिका फरक फरक कोभिड रिपोर्ट आउन सक्ने तथ्य पनि उजागर गरिदिएको छ ।

तर बुधबारको घटनाले संसदीय खेल साँच्चै ‘फोहोरी’ नै हुन्छ । र, यसमा राजनीति मात्र होइन अरु धेरै ‘क्याटलिष्ट’ हुन्छन् भन्ने पनि प्रष्ट पारेको छ ।


खिमविक्रमका भाईले दाई चरक अस्पतालको आईसीयुमा बिरामी भएको भन्नु, तर उनको पार्टीका नेताहरुले बाहिरबाट समेत हेर्न नपाउनुले उनी साँच्चै गम्भीर बिरामी भएका हुन् वा ‘फोहोरी खेल’को एक भाग बनेका हुन्, अहिल्यै यसै भन्न सकिने अवस्था छैन । तर प्रष्ट रुपमा उनको नाममा सरकार पक्ष र विपक्षले यस खेललाई ‘फोहोरी’ बनाएर तत्कालीन माओवादीले भनेजस्तै यो प्रणाली साँच्चै खराब छ, भन्ने कुरामा भने बल दिएको छ ।


यदि साँच्चै ‘फोहोरी’ नहुन्थ्यो त पार्टीगत सैद्धान्तिक बहसका आधारमा सरकार जोगाउने वा नजोगाउन दल अनि तिनका सांसद स्वतन्त्र हुन्थे । १२ बजेसम्म मत हाल्न आउने भनेका मान्छे एकैचोटी बिहान आएको ‘निगेटिभ’ रिपोर्टसमेत एकाएक ‘पोजिटिभ’ हुने गरी अस्पतालको ‘आईसीयु’ मै भर्ना हुने अवस्था आउँथेन होला ।

यदि साँच्चै ‘फोहोरी’ नहुन्थ्यो त बिहान आएको ‘निगेटिभ’ रिपोर्टसमेत एकाएक ‘पोजिटिभ’ हुने गरी अस्पतालको ‘आईसीयु’ मै भर्ना हुने अवस्था आउँथेन होला । अनि यसैबीचमा सभामुख नेत्रनाथ अधिकारी पनि कार्यव्यवस्था समितिको बैठक नै डाकेर अकस्मात हराउने अवस्था पनि आउने थिएन होला ।

अनि यसैबीचमा सभामुख नेत्रनाथ अधिकारी पनि कार्यव्यवस्था समितिको बैठक नै डाकेर अकस्मात हराउने अवस्था पनि आउने थिएन होला ।


जनताले आस्था र सिद्धान्त अनि विश्वासका आधारमा दिएको मतलाई ‘फोहोरी खेल’ कै रुप दिने काम दलहरुले गरिरहने हो भने यसले भावी भविष्यमा सुखद् संकेत गर्दैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्