ऋषिङ धारापानी जीप दुर्घटना: एकको मृत्यु, १६ घाइते

  • ख-
  • ख+

दमौली: दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घटनामा १६ जना घाइते भएका छन् ।

दिउँसो करिब तीन बजे भएको घटनामा ग १ ज ७६०० नम्बरको जीप भीरबाट तल खस्दा अरु १६ जना घाईते भएका छन् । घाइते मध्ये एकको अवस्था अति चिन्ताजनक रहेकामा दमौली अस्पतालमा ज्यान गाएको प्रहरी स्रोतले बताएको छ । ज्यान गुमाउनेमा व्यास ५ निवासी २५ वर्षिया मनु थापा छन् ।

घाइते चारको रत्नहरी र बाँकीको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको पोखरा अस्पतालमा उपचार भैरहेको र दुई जना घर फर्किसकेको प्रहरीको भनाई छ । अधिक यात्रु र उकालोमा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीको भनाई छ । घटनास्थल पुगेका एक प्रहरीका अनुसार जीप भीरबाट करिब एक सय मिटर तल खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी