बुलिङटारमा आमा आश्रम बनाउन ऋषिङबाट पाँच लाख दान

  • ख-
  • ख+

ऋषिङः नवलपुरको बुलिङ्गटार गाउँपालिकाले आयोजना गरेको विराट महायज्ञमा आमा आश्रम निर्माणका लागि ऋषिङ्ग गाउँपालिकाले पाँच लाख रुपैयाँ दान गरेको छ ।


ऋषिङ्ग गाउँपालिका वडा नं ५ को सिमानास्थलको बुलिङ्गटार–६ घुमारिघाटमा बन्न लागेको अनाथ आश्रम निर्माणका लागि आयोजित विराट महायज्ञस्थलमा कार्यपालिका सहित उपस्थित भएर गाउँपालिकाका सदस्यहरुले सो दान घोषणा गरिएको हो ।

ऋषिङ्गका आमा बुवाहरु पनि आश्रीत हुने भएकोले पनि आश्रमको लागि सहयोग गर्नु ऋषिङ्ग गाउँपालिकाको कर्तब्य बनेको भन्दै एक कक्ष बराबर हुन आउने ५ लाख सहयोग गरेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी