कोभिडको त्रासपछि छाब्दीमा पूजा बन्द

  • ख-
  • ख+

दमौलीः जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समितिले मठ मन्दिर र धार्मिकस्थलमा भिडभाडका गतिविधि नगर्न निर्देशन दिएको भोलीपल्ट तनहुँको प्रसिद्ध तीर्थस्थल छाब्दी बाराही मन्दिरमा पूजाअर्चना बन्द गरिएको छ ।


मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै छाब्दीमा पूजाअर्चना रोकिएको जानकारी दिएका हुन् ।


अध्यक्ष थापाले सामाजिक सञ्जालमा राखेको पोष्ट

थापाका अनुसार जिल्ला प्रशासनबाट यससम्बन्धमा फोन आएको थियो । ‘तपाइंहरुले भीडभाड रोक्न पूजा रोकेर सघाइदिनुप¥यो भनेर अनुरोध आयो,’ उनले दमौली न्यूजसँग भने,‘त्यसपछि भोलिबाट लागू हुने गरी पूजा रोक्ने निर्णय गरेका हौं ।’


मन्दिर बन्द हुनु अघि सोमबारसम्म पूजा गर्नेको संख्या उल्लेख्य थियो । ‘सबैले जोखिम बढेको भनेका बेला थप संक्रमण नफैलियोस् भनेर स्थिती सामान्य नहुँदासम्म मन्ीिदर बन्द गर्ने सोचेका छौं,’ उनले भने ।


मन्दिर बन्द भए पनि पूजारीका तर्फबाट हुने नियमित पूजा भने हुने उनले जानकारी दिए । देशैभर कोरोना जोखिम बढ्न थाले पछि मन्दिरले अनिश्चितकालका लागि पूजापाठ रोक्ने निर्णय गरेको हो ।

प्रशासनले जोखिम बढ्न थालेको भन्दै भीडभाडयुक्त गतिविधि र सार्वजनिक कार्यक्रम नगर्न र गर्नेपरेको अवस्थामा २५ जनाभन्दा बढी नहुने गरी गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्