‘कोरोनाको जालो तोड्न १४ दिनको कर्फ्यु जारी गर्नुपर्छ’

  • ख-
  • ख+

डा. विनोद पौडेल
पछिल्ला केही दिनको संक्रमण ग्राफ मात्र हेर्ने हो भने यो उकालो लाग्दो छ । छिमेकी भारतमा विश्वमै द्रुत गतिमा संक्रमण दर बढिरहँदा सीमा जोडिएको नेपालका पछिल्लो चरणका सुरुवाती तस्बिर निकै निराशाजनक छन् ।


यसको नियन्त्रणका लागि तत्काल उपाय नचालिने हो भने अवस्था निकै खतरापूर्ण हुन सक्छ । म दुई दिनको समय दिएर चौध दिनको लागि कर्फ्यु जारी गर्नुपर्ने आवश्यकता देख्दछु । चौध दिनको कर्फ्यूको समयमा कोठामा बस्नेको कोरोना कोठाभित्रै सिमित हुन्छ । घरमा कोरोना छ भने घरमै सीमित हुन्छ र कोरोना फैलने क्रम रोकिन्छ (Break the chain of Covid transmission) ।

लक्षण सहित खराब अवस्थाका बिरामीको संख्यामा पनि कमी आउँछ जसले गर्दा स्वास्थ्य संस्थामा उपचार सेवा प्रदान गर्न सहज हुन्छ । थोरै थोरै गरेर लामो समय लग्डाउन गर्नुभन्दा चौध दिनको कर्फ्यू लगाएपछि अनुशासित रहेर बजार देखि लिएर सबै कुरालाई सुचारु गर्न सकिन्छ ।

तर बाहिरबाट आउनेलाई स्थानीय निकायमा व्यवस्थित चौध दिनको क्वारेन्टाइन अनिवार्य गर्नसकेमा हामीले महामारीको असहज परिस्थितिलाई सहजताका साथ सामना गर्नसक्ने अवस्थामा पुग्छौं । र, यसले भयावह अवस्था आउनबाट समेत बचाउन सकिन्छ ।

म दुई दिनको समय दिएर चौध दिनको लागि कर्फ्यु जारी गर्नुपर्ने आवश्यकता देख्दछु । चौध दिनको कर्फ्यूको समयमा कोठामा बस्नेको कोरोना कोठाभित्रै सिमित हुन्छ । घरमा कोरोना छ भने घरमै सीमित हुन्छ र कोरोना फैलने क्रम रोकिन्छ (Break the chain of Covid transmission) ।


यो समयमा चौरासी पूजा वैवाहिक कार्यक्रम ठुला जमघट जस्ता कार्यक्रम गर्नु ठूलो मूर्खता हुनसक्छ । यो समयमा मर्निङवाक व्यायामशाला जस्ता ठाउँमा गएर व्यायाम गर्नु भन्दा घरमा नै संगीत बजाएर नृत्य गर्ने, योग, प्राणायाम, ध्यानको अभ्यास गर्नु शारीरिक र मानसिक स्वास्थ्यको लागि समेत लाभदायक हुन्छ ।

यो समयमा चौरासी पूजा वैवाहिक कार्यक्रम ठुला जमघट जस्ता कार्यक्रम गर्नु ठूलो मूर्खता हुनसक्छ । यो समयमा मर्निङवाक व्यायामशाला जस्ता ठाउँमा गएर व्यायाम गर्नु भन्दा घरमा नै संगीत बजाएर नृत्य गर्ने, योग, प्राणायाम, ध्यानको अभ्यास गर्नु शारीरिक र मानसिक स्वास्थ्यको लागि समेत लाभदायक हुन्छ ।


जसले रोग प्रतिरोधात्मक क्षमतासमेत पढाई महामारीबाट बचाउन समेत मद्दत गर्दछ । जबसम्म हामी आफैंलाई आपत पर्दैन तबसम्म हामी सतर्क हुँदैनौं, जब आफ्नै असावधानीले असहज अवस्थामा पुग्छौं तब एउटा सेवाकोलागि समर्पित चिकित्सक र स्वास्थ्य संस्थालाई दोष लगाउँछौं । भोलि आफ्नै असावधानी को कारणले आफ्नो परिवारका सदस्य गुमाउनुपर्यो अथवा आफ्नै स्वास्थ्य जटिल अवस्थामा पुग्यो भने ?

छिमेक वा छिमेकी राष्ट्रमा परेको विपत्ति तपाईंको घरमा नआओस् त्यसको लागि आजै र अहिले नै सावधान हुनुहोला । एकअर्कामा सहयोगी भावना, भौतिक दुरी, मास्क र सेनिटाइजर को प्रयोग, स्वस्थकर खानपान, सकारात्मक सोच र नियमित व्यायाम आजको आवश्यकता हो ।

आज छिमेक वा छिमेकी राष्ट्रमा परेको विपत्ति तपाईंको घरमा नआओस् त्यसको लागि आजै र अहिले नै सावधान हुनुहोला । एकअर्कामा सहयोगी भावना, भौतिक दुरी, मास्क र सेनिटाइजर को प्रयोग, स्वस्थकर खानपान, सकारात्मक सोच र नियमित व्यायाम आजको आवश्यकता हो ।
(लेखक सामुदायिक प्राकृतिक चिकित्सालय रजहर, नवलपरासीका निर्देशक हुन् । )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी