खेलकुद पदाधिकारीलाई ब्याडमिन्टन क्लबको सम्मान

  • ख-
  • ख+

दमौलीः जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीलाई व्यास नगर ब्याडमिन्टन क्लबले सम्मान गरेको छ ।


आईतबार दमौलीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य तथा क्लबका सल्लाहकार शंकरनारायण श्रेष्ठले समितिका अध्यक्ष अनिल पाण्डे, सचिव तुलसी पाण्डेसहितका पदाधिकारीलाई सम्मान गरे ।


क्लबका अध्यक्ष जीवन गुरुङ (कुमार)को सभापतित्वमा भएको कार्यक्रममा समितिका कार्यालय प्रमुख शिवहरी पन्डित क्लबका उपाध्यक्ष कुलबहादुर थापा, सचिव कृष्णराज घिमिरेलगायतले बोलेका थिए ।


भौतिक दूरी पालना गरेर कार्यक्रम गरिएको क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी