१२ स्वर्णसहित व्यास नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड, विद्यालयभरमा सत्यवती पहिलो

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड उचालेको छ । दमौलीमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा सर्वाधिक पदकका साथ नगरपालिकालाई शिल्ड प्रदान गरिएको हो । यस अघि विद्यालयलाई नै शिल्ड दिने गरिएकामा यस पटकबाट धेरै पदक प्राप्त गर्ने तहलाई शिल्ड दिन थालिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । व्यासले १२ स्वर्ण, नौ रजत र पाँच कास्य पदक पाएको हो ।

सत्यवती पहिलो
प्रतियोगितामा विगतको परम्परा धान्दै सत्यवती मावि दमौली यसपाली पनि पहिलो भएको छ । लगातार तीन पटक शिल्ड उचालेर आफ्नो कब्जामा पारेको र एक वर्ष अघिको प्रतियोगितामा प्रथम भएको सत्यवती यसपाली पनि पहिलो भएको हो ।


सत्यवतीले छ स्वर्णसहित १२ पदक पाएको छ । उसका पोल्टामा तीन रजत र तीन कास्य पदक परेका छन् । सत्यवतीपछि आँबुखैरेनीको मित्रता मावि आएको छ । प्रतियोगितामा दोश्रो भएको मित्रताले पाँच स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको हो ।


तीन स्वर्ण, दुई रजत र एक कास्य पदक पाएको शुक्लागण्डकीको पञ्चमुनीदेव माध्यमिक विद्यालय तेश्रो भएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विजेतालाई पुरस्कार वितरण गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी