दमौलीमा राष्ट्रपति रनिङ शिल्ड शुरू

  • ख-
  • ख+

दमौली: १२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दमौलीमा शुरू भएको छ । बीपी वन वाटिका र दमौली खेल मैदानमा शुरू प्रतियोगिताको उद्घाटन गर्दै तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले खेल क्षेत्रको विकासमा आफूले केही ठूला योजना पार्न भूमिका खेल्ने बताए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले खेल क्षेत्रको विकास र युवा सहभागिता बढाउन प्रतियोगिताको भूमिका रहेको बताए नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष रेशम गुरुङले यस अघि जिल्ला खेलकुद विकास समितिका नाममा रहेको जग्गा बिक्री गर्दाको पैसा खोइ भन्दै प्रश्न गरे ।

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष ऋषि भुषाल लगायतले बोलेका थिए ।जिल्ला भरका तहका विद्यालय सहभागी प्रतियोगिता शनिबार समापन हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी